• टोकियो ओलम्पिक : अस्ट्रेलियाको विश्व कीर्तिमान

    जापानमा जारी टोकियो ओलम्पिकमा पौडी अन्तर्गत महिला ४ गुणा १०० मिटर फ्रि स्टाइलमा अस्ट्रेलियाले विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पारेको छ । उसले आइतबार टोकियो अक्वाटिक्स सेन्टरमा ३ मिनेट २९.६९ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ३ मिनेट ३०.०५ सेकेन्डको कीर्तिमान तोडेको हो । महिला ४ गुणा १०० मिटर फ्रि स्टाइ...

  • फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

    नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् । कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक ...

  • टोकियो ओलम्पिक:महिला फुटबलमा स्विडेनको लगातार दोस्रो जित

    जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्विडेनले लगातार दोस्रो जित निकालेको छ । उसले शनिबार सैतमा स्टेडियममा अस्ट्रेलियामाथि ४–२ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको हो । स्विडेनको जितमा फ्रिडोलिना रोल्फले २, स्टिना ब्ल्याकस्टेनियस र लिना हर्तिगले समान १-१ गोल गर्दा अस्ट्रेलियाका लागि साम केरले २ गोल...

  • अफगानिस्तानमा हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ घाइते

    सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । देशको उत...

  • महामारीबीच ओलम्पिक खेलकुद सुरु

    एजेन्सी कोरोना भाइरसको महामारीबीच ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिक इतिहासमा यो पटकको ओलम्पिक खेल जटिलताका बाबजुद सुरु गरिएको हो । जापानको टोकियोमा ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिकमा भाग लिने २०५ देशले दर्शकविहिन स्टेडियममा मास्क लगाएर मार्चपास गरेका छन् । स्टेडियममा दर्शक नभएपछि खेलाडीहरुले आफूलाई विश्वक...

  • ईद अल-अधाको पूर्वसन्ध्या इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु

    इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मंगलवार जानकारी दिएकोे छ । बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका ...

  • पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको मृत्यु

    पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक आपसमा जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका अधिकांश श्रमिक छन् । बस सियाल्कोटबाट राजनपुरका लागि प्रस्थान गरेको थियो । इद–उल–अजहा मनाउन बिदामा घर फर्किन लागेका श्रमिक चढेको बस राजमार्गको तौन्सा बाइपास नजिक सोमब...

  • टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डमाथि पाकिस्तानको जित

    पहिलो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ...

  • अमेरिकामा नेपालीले नै गरे गोली हानी नेपालीको हत्या

    अमेरिका एक नेपालीले गोली हानी नेपालीकै हत्या गरेका छन् । अमेरिकाको न्युजर्सीमा २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । न्युजर्सीस्थित ग्यास स्टेसनमा काम गर्ने मिलनले छेवाङलाई गोली प्रहार गरेपछि अमेरिकी इमर्जेन्सी नम्बर ९११ मा फोन गरेर मैले भर्खरै एक ...

  • इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

    इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ । तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागी...