पराजित भएपछि सिर्जनाले दिइन् बालेनलाई बधाई

नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरको मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन)लाई बधाई दिएकी छन्। बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवार बनी विजयी भएका बालेनलाई सिंहले बधाई दिएकी हुन्।

सिर्जना सिंह नेपाली कांग्रेसतर्फकी काठमाडौं महानगरको प्रमुखको उम्मेदवार हुन्। उनले महानगरवासीले दिएका अपार माया, हौसला र समर्थनप्रति आभार प्रकट गरेकी छन्। ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकें। अतस् लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछुु, उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्, ‘काठमाडौं महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु।,

उनले बालेनका साथ-साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिंदै महानगरवासीको भावनाबमोजिम कार्य गर्न र पूर्ण कार्यकाल भरि आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। उनले विज्ञप्तिमा निर्वाचनमा खटिने सबैलाई धन्यवाद दिएकी छन्। उनले महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपूर्वक लागिरहने संकल्प गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार