काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार १९ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याएका छन् ।

धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।

जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन ) ले जीत निश्चित गरिसकेका छन् । दोस्रो स्थानका लागि एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार