भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै, सुवेदी साढे १० हजार मतले पछाडि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार मत कटाएकी छन् । १ लाख १२ हजार ६७६ मत गणना हुँदा रेनुले ४५ हजार ३८९ ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाका मेयर प्रत्यासी विजय सुवेदीले ३४ हजार ७३८ मत प्राप्त गरेका छन् । उनी दाहालभन्दा १० हजार ६५१ मतले पछाडि छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन् । उपमेयरमा कांग्रेस उम्मेदवार रहेका चित्रसेन अधिकारीले ४६ हजार ४७१ र राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन् । अहिले २५ र २६ वडाको मत गणना भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार