पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध काठमाडौंमा प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका छन्। सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि मूल्य फिर्ताको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । यसैक्रममा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले काठमाडौंको आयल निगम केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएको छ । विरोध सभामा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारिका उपाध्यक्ष सिलु न्यौपानेलगायतले मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ। निगमकाअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरेको हो।

निर्वाचनअघि पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। तोकिएको दूरीभन्दा बाहिर खुल्ला बजार नीति अनुरुप व्यवसायीहरुले नै प्रतिस्पर्धात्मक तवरबाट मूल्य कायम गर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार