नेपालमा खाद्य संकट आउन सक्छ, बेलैमा तयारी गरौँ: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा खाद्य संकट आउन सक्ने भएकाले बेलैमा तयारी गर्नुपर्ने बताएका छन् ।

महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसिया–युक्रेन युद्धका कारण नेपालमा खाद्यान्न आउन रोकिने बताएका हुन् ।

‘नेपालमा वार्षिक ६ हजार ५ सय मेट्रिकटन खाद्यान्न अपुग छ, त्यो परिपूर्ति गर्न बेलैमा तयारी नगरे नेपालमा खाद्यवस्तुको अभाव हुन सक्छ, बेलैमा सचेत होऔं,’ उनले भने ।

पछिल्लो समय भारतले पनि गहुँ निर्यात नगर्ने नीति लिएको छ । यसले पनि नेपाललाई खाद्यान्न कमी हुने संकेत देखिएको गोल्छाको भनाइ छ ।

‘सरकारले कृषिलाई प्राथमिकता दिने, कृषिमा अनुदान बढाउने, कृषिको ईको सिस्टम शुरू गर्ने, कृषि कर्जा सहजीकरण गर्ने, कृषिमा ३ वर्ष काम गरेकालाई मात्रै ब्याज अनुदान र अनुदान दिने र करार खेती ऐन लागू गर्नुपर्छ,’ उनले भने ।

बैंकले ब्याज बनाउँदैमा निक्षेप नबढ्ने भएकोले बैंकलाई पनि न्यून ब्याजमा लगानी गर्न र कृषिमा लगानी बढाउन राष्ट्र बैंकमार्फत गर्ने व्यवस्था मिलाउने पनि गोल्छाले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार