साताको पहिलो दिन सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार