उदयपुरमा आगलागी हुँदा एक जनाको ज्यान गयो, ७ घर जलेर नष्ट

उदयपुरको उदयपुरगढी गाउँपालिका – १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ। आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्। दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो।

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार