चीनद्वारा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

चीनले आज पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण गरेको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार साँझ परराष्ट्रमन्त्री डा। नारायण खड्कामार्फत उक्त चाबी नेपाललाई हस्तान्तरण गरेका हुन्।

विदेशमन्त्री वाङ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन्।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कार्य नसकिँदै चीनले नेपाललाई हस्तान्तरण गरेको हो।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशतमात्रै सकिए पनि विदेशमन्त्री वाङले नेपाल भ्रमणमा आएको अवसर पारेर विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन्। बाँकी ७ प्रतिशत काम सकिएपछि मात्रै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान कार्य शुरु हुने छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार