नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले एमसीसीको विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।
काठमाडौँमा जारी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता डाकोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट नभए सार्वभौम संसद्मा प्रक्रियामार्फत् निकास दिनुपर्ने धारणा राखेका हुन् ।
एमसीसीको विषयमा गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्नहरू उठने पनि उनको भनाइ छ ।
नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिन खोजिएको भन्दै डा. कोइरालाले असन्तुष्टि पनि जनाएका थिए ।