पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।