१ हजार ३० जना कोरोना संक्रमित थपिए , १० जनाको मृत्यु


पछिल्लो २४ घन्टामा देशभर १ हजार ३० जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ८ सय ७४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै आज १ हजार जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार ६ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यसैगरि काठमाडौं उपत्यकामा ३६६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८१६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार