साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरूवात, श्रीलंका १-० ले पराजित

१३ औं साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरूवात गरेको छ । शुक्रबार माल्दिभ्समा भएको प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकालाई १-० ले हराउँदै बंगलादेशले विजयी सुरूवात गरेको हो ।

मालेमा रहेको राष्ट्रिय फुटबल रंगशालामा बंगलादेशको जितमा तोपु बर्मनले खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो ।

डुकसन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका खेलको ५५ औं मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ ।

साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार