आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ :  माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि केपी ओलीको नेकपा एमाले कता छ ? भनेर टर्च बालेर खोज्नुपर्छ।’

उनले आफ्नो पार्टीले गठन भएको एक महिनामै केपी ओलीलाई धुलो चटाएको दाबी गरे। ओलीले एमालेलाई आफूसँगै दक्षिणपन्थीतर्फ लगेको आरोप लगाए। ओली व्यक्तिवाद र गुटवादमा रमाएको भन्दै दक्षिणपन्थी दिशामा लागेर विदेशीको अगाडि लम्पसार परेको समेत दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘ओलीको पार्टीलाई हाम्रो समाजवादीसँग दाँज्नै मिल्दैन। हाम्रो पार्टी नेपाली जनताको लागि बनेको हो। हामी आफ्नो कमजोरी मान्न सक्छौँ। तर, ओली आफूविरुद्ध केही सुन्न सक्दैनन्। उनी आफ्नो हुकुम चलाएर दलाल पुँजीवादसँग साँठगाँठ गर्छन्।’

सुदूरपश्चिम र २ नम्बर प्रदेशमा केपी ओलीलाई पछि पारेर समाजवादी अगाडि बढिसकेको भन्दै ओलीको पार्टी र गुटलाई धुलोमा मिलाएको उनको भनाइ छ। छिट्टै प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार