सुनसरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सुनसरीको बरहा नगरपालिका ११ स्थित मधुवनमा हात्ती आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो खेतमा घाँस काट्न गएकी सोही स्थानकी मगनी खत्वेको कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

हात्ती आक्रमणबाट एकजना महिलाको मृत्यु भएको भन्ने खबर पाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जाकारी दिए । घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार