सत्ताधारी गठबन्धन फ्रिजबाहिरको आइस हुन्, चुनावपछि आफैँ बिलाउछन् : अध्यक्ष ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने निर्वाचनपछि आफ्नै पार्टीको सरकार बन्ने दाबी गरेका छन् ।शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा बोल्दै ओलीले अब १४ महिनापछि निर्वाचन हुने र त्यसपछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरे

उनले भने , ‘तपाईंहरुलाई यी सत्ताधारीहरुले केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’

ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिँदै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए ।

उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन् । डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन् ।’
पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे। एमालेबाट विद्रोह गरेका माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको आरोप लगाए।

ओलीले भने, ‘सरकारमा ५ पार्टी भनिएको छ। न जनादेश छ वैधता। अवैध ढंगले निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोग र सभामुख तमासा गर्छ। यो सरकार स्वाभाविक ढंगले आएको होइन। यो सरकार असंवैधानिक ढंगबाट आएको छ।’

परमादेशबाट प्रधानमन्त्री छानिएको भएकाले जनताप्रति उत्तरदायी नभएको आरोप लगाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार