प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगिन् एमसीसी उपाध्यक्ष सुमार

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सरकारी निवास बालुवाटार पुगेकी छन्।

बिहीबार नेपाल आइपुगेकी सुमार शुक्रबार अपराह्न प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेकी हुन्।

सुमारले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सत्ता साझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा डा, बाबुराम भट्टराईसँग भेट गरेकी थिइन्।

उनले शुक्रबार बिहान सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेकी थिइन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार