पछिल्लाे २४ घण्टामा थप १,२७१ मा काेराेना पुष्टि, १,८४५ संक्रमित निकाे

पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थय मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार पीसीआर र एन्टीजेन गरी कूल ११ हजार ९४६ नमूनामा गरिएको परीक्षणमा १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ८४५ रहेको छ मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म १० हजार ९०३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार