नेपाल-भारतबीचको मैत्रीपूर्ण खेल हेर्न ओली र खाँण पुगे रंगशाला

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

खेल शुरू हुनुअघि नै उनीहरु रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल जारी छ । खेल अपराह्न ५:३० बजेबाट शुरु भएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा दुबै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार