नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा

नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् ।

दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र खेल बराबरीमा सकियो ।

भारतका तर्फबाट भने खेलको ६० औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि पूर्ण रुपमा क्लियर हुन नसक्दा गोलमा परिणत भएको थियो ।

सोही बललाई भारतीय फुटबलर अनिरुद्ध थापाले गोललाइनबाटै गोल गर्न सफल भए । दोस्रो हाफको शुरुमा ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान छिरेका अनिरुधले नै गोल गरेका हुन् ।

कोरोना महामारीले खेल गतिविधि ठप्प् भएका बेला नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल भएको हो । नेपालले भारतमाथि ६ वर्षपछि गोल गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार