अमेरिकाले अफगानिस्तानमा कारबाही जारी राख्ने

अमेरिकाले अफगानिस्तानमा कारबाही जारी राख्ने बताएको छ। तालिबानविरुद्ध दुई दशक लडेर फर्किएको अमेरिकाले इस्लामिक स्टेट (आइएस)विरुद्ध कारबाही गर्न भन्दै पुनः केही समय अफगानिस्तानमा बस्ने बताएको हो।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनका अनुसार काबुल विमानस्थलमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण जारी राख्ने निधो गरेको हो। अमेरिकी समाचार संस्था सिबिएस न्युजसँगको कुराकानीमा उनले राष्ट्रपति जो बाइडेन अफगानिस्तानमा आक्रमण गर्ने मनस्थितिमा नरहे पनि विमानस्थलमा आक्रमण गर्ने इस्लामिक स्टेट खुरासानविरुद्ध कारबाहीका लागि सैन्य कमाण्डरहरु तयार रहेको बताएका छन्।

सुलिवनले गत शुक्रबार आइएस खुरासानविरुद्ध कारबाही गरेझैँ फेरि पनि उनीहरुका गढ पहिचान गरेर कारबाही गरिने बताए। गत बिहीबार काबुल विमानस्थलमा भएका ठूला दुई आत्मघाती विस्फोटमा १७० जनाभन्दा धेरैको मृत्यु भएको थियो। घटनामा १३ अमेरिकी सैन्य अधिकारीको मृत्यु भएको थियो। यो आक्रमणको जिम्मेवारी आइएस खुरासानले लिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार