माधव नेपाल पक्षका सांसदहरू छलफलमा

नेकपा (एमाले)का नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु अहिले छलफलमा जुटेका छन् । बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा उनीहरुले छलफल गरिरहेका हुन् ।

छलफलमा नेता नेपालसहित २२ सांसद छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले समसामयिक विषयमा रणनीति बनाउन लागेका हुन् ।

नेपाल पक्ष सरकारमा सहभागी हुनेरनहुने, पार्टी एकतालगायत विषयमा छलफलकेन्द्रित रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार