सत्तापक्षीय गठबन्धनको बैठक बुधबार बस्दै

सत्तापक्षीय गठबन्धनको बैठक बुधबारका लागि बोलाइएको छ। बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा मन्त्रिपरिषद्‌‍मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने उनले बताए। सोही विषयको पूर्वतयारीस्वरुप आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार