उपत्यकामा १० दिनका लागि थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए। निषेधका आदेशमा कुनै परिवर्तन नगरिएको प्रजिअ पराजुलीको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार