अहिलेको स्थिति

कोरोना नि फैलिदै छ हाम्रो देश नेपालमा
दाजुभाइ दिदीबहिनी सबैे बस्नु  है आ-आफ्नो घरमा।
कोरोनाले धेरैको ज्यान लियो विश्वमा
सुरक्षित बसौँ हैँ ! आ-आफ्नै घरमा।

काही जाँदा माक्स,सेनिटाइजर लगाउनु है हातमा
हामीले नै भगाउनु पर्छ कोरोनालाई एकजुट भइ साथमा।
हात मिलाउनु हुदैन,गरौँ है नमस्कार सबैलाई
कोरोनाको महामारीमा यो संस्कारले चिनायो विश्वमा नेपालीलाई ।

हात धुवैाँ पटक-पटक लगाई साबुन पानी है !
नाक मुखमा हात लगाउने हटाऊ है बानी
नारी पनि भए बलत्कार रहदा कोरेनटाइनमा
धेरै कैदी छुटेका छन् बस्ननपरि जेलमा ।

निर्मला र सुजिता हत्या काण्ड नि त्यतिकै सेलायो
न्याय पाउछन् कि भन्ने आसै नै हरायो
सबै चिज चेक गरे पाएन्न है पत्तो
ठूलाका हात हुँदा विज्ञानले नी लाउँदो रहेन्छ पत्तो ।

सबै पैसा-पैसा भन्छन् लानु के छ र मरेपछि
मान्छे काट्ने हिम्मत गयो धेरै कैदी सजाय बिना नै छुटेपछि
माया नै अविश्राप भयो कुनै मानिसलाई
मानिसले र्बिसिए मानिसको कर्तव्यलाई ।

जातभातका नाममा धेरै मानिस मारिए आज
लक्ष्मी प्रसादको भनाईलाई खै कसरी बुझाउने सबैमाज
कसैले घमण्ड न गर्यौ ठूलो जात हुँ भनी
एकदिन सबै जानू पर्छ खरानी नै बनी।

फैलिदैछ जताततै विकृतिको खेति
दाजुभाइले बेच्न थाले आफ्नै चेलीबेटी
ससुराले बुहारी मार्ने,बुबाले छोरी बलत्कार गर्ने खै के आयो जमना
गर्न छाडे मानिसले सत्यको कामना।

लुपुलेक कालापानी मिच्यो छिमेकी देशले
नक्सा मात्र फेरेको छ हाम्रो यो देशले
हामीलाई हाम्रो देशको भु-भाग फिर्ता चाहिन्छ
चाहे मोर्न नै किन नपरोस सबै एकजुट भई पाइला चालिन्छ।

हामी जनता सभ्य भयौ, विश्वास गयौ तर
ठूलाबडा भष्ट्रचारमा लुप्त हुन पुगे
नेताहरू सबै लुट्नतिर लागे
खै कसले फर्काउने लुपुलेक र कालापानी लुपुलेक र कालापानी ।

तिवारी विद्याविकास माध्यमिक विद्यालय वेसींशहर लमजुङमा कक्षा-९ मा अध्ययनरत छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार