दही मथ्ने कुरा त छँदैछ,मही नै मथेर भए पनि एकताको प्रयत्न गर्नेछौं : ओली पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि अन्तिम समयसम्म आफ्ना प्रयत्नहरु जारी राख्ने भएको छ। बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित दशौं केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने बताएका हुन्।

‘उहाँले हामीले अहिले पनि पार्टी एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्नहरु गरिरहेका छौं। दही मथ्ने कुरा त छँदैछ, मही नै मथेर भए पनि, थोरै नौनी निस्किन्छ भने एकताका निम्ति अन्तिम समयसम्म हामीले प्रयत्न गर्नेछौं’, ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भने।

ज्ञवालीका अनुसार, ओलीले आन्दोलनलाई घात गर्ने प्रवृत्ति र समाप्त पार्ने ध्येयलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका थिए। ‘एकताका निम्ति हाम्रा प्रयत्नहरु अझै जारी रहन्छन् भनेर उहाँले बैठकलाई जानकारी गराउनुभएको छ’, ज्ञवालीले भने।

साउन ४ गतेदेखि जारी बैठक भोलि पनि बस्ने छ। भोलिको बैठक पनि ३ बजे बस्ने ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार