मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिइने

उपत्यकाभित्र रोकिएका परीक्षा सञ्चालन गर्न दिइने भएको छ । आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

त्यसका लागि शर्त तोकिएको छ । एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ । कोभिड–१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए ।

यस्तै, गोष्ठी, तालिम, सेमिनार, बैठक लगायतका भिडभाड हुने कार्य भने भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने निर्णयमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार