मार्मिक लोकदोहोरी गीत ‘बगर भयो जिन्दगी ‘ सार्वजनिक

भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत “बगर भयो जिन्दगी “ को भडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाईलाई गीतमा समेटिएको छ ।

समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुटनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।

प्रेमील जोडिहरुको बास्तविक जिवन भोगाई भएको कारणले पनी आम दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफु निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन , देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा भिम र आयुष्माको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार