‘राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम


नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्।

बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ।त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय भएका छन्।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा। जगत्प्रसाद उपाध्ययका अनुसार द्वितीय स्मृति धादिङकी हुन् भने तृतीय भएका बराल, चन्द र सिलवाल क्रमस ताप्लेजुङ, बर्दिया र नुवाकोटका हुन्।

कोरोना महामारीका कारण प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट कविता महोत्सव गरेको हो।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०(३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार