२४ घण्टामा थपिए १ हजार ५११ कोरोना संक्रमित, ५२ जनाको मृत्यु

२४ घण्टामा देशभर १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरिएको ७ हजार ४६१ पीसीआर परीक्षणमा १ हजार ५११ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ९५३ एन्टिजेन परीक्षणमा ९१० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २७ हजार ८५४ पुगेको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ३४६ काठमाडौं, ललितपुर ९४ र भक्तपुरका ५७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार