राष्ट्रपतिले संविधान कुल्चिइन्, प्रधानमन्त्रीले दायित्व निर्वाह गरेनन्

संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस प्रारम्भ भएको छ ।आजको बहसमा भाग लिँदै नेपाल बार एशोसियसनका पूर्वमहासचिवसमेत रहेका खम्बबहादुर खातीले संविधानको रक्षा नगरी प्रधानमन्त्री केपी शर्मा ओली शृङ्खलावद्ध तरिकाले विघटनमा लागेको बताए ।

उनले राष्ट्रपतिले पनि संविधान कुल्चिने काम गरेको भन्दै संविधानको धारा ७६(३)बाट सीधै ५ मा प्रवेश गरेको बताए ।राष्ट्रपति र प्रधानमन्त्रीको विज्ञप्ति पनि एक आपसमा विभाजित रहेको उनको तर्क छ ।

यस्तै, अधिवक्ता गोविन्द बन्दीले संविधानको धारा ७६ ९३० अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए। परिवेश उस्तै रहेको भन्दै ७६ ९४० मा उहाँ जान चाहनु भएन। विश्वासको मत पहिले नपाएर फेरि दाबी गर्न मिल्छ ?  बन्दीले प्रश्न गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार