सर्वोच्च अदालतको आदेशविरुद्ध शंकर पोखरेलको आक्रोसित

सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गर्ने अन्तरिम आदेश जारी गरेपछि सरकार पक्ष रुष्ट भएको छ।यसविरुद्ध ओली पक्षका एकपछि अर्का नेताले असन्तुष्टि व्यक्त गरिरेहका छन्। एक पछि अर्को ओलीको निर्णय अदालतले उल्ट्याइदिएपछि उनी निकट नेता अदालत विरुद्ध रुष्ट वनेकाछन् ।

यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शंकर पाखेरलले विगतका प्रधानमन्त्रीले प्रयोग गरेकै अधिकार अहिले ओलीले प्रयोग गर्न नपाएको दाबी गरेका हुन्।यसैलाई अधिनायकवाद भनिन्छ क्यारे भनेर उनले कटाक्ष पनि गरेका छन्।

‘विगतका प्रधानमन्त्रीले प्रयोग गरेको अधिकार नै प्रयोग गर्न नपाउने अवस्थालाई ‘अधिनायकवाद’ भनिँदोरहेछ,’ नेता पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिको नयाँ भाष्य ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार