अदालतको फैसला संविधानविपरीत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रीहरूको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधानविपरीत भएको बताएका छन्।

सर्वोच्चको आदेशपछि पदमुक्त भएर मंगलबार बालुवाटार पुगेका मन्त्रीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ‘अदालतभित्र राजनीति भएको बताएका थिए। उनले अदालतको आदेश संविधानविपरीत भए पनि त्यसलाई आफूहरूले सम्मान गर्नेु प्रतिक्रिया दिएको निवर्तमान पर्यटनमन्त्री उमाशंकर अरगरियाले बताए।

‘अदालतको फैसला संविधानविपरीत हुँदाहुँदै लोकतन्त्रमा हामीले अदालतको सम्मान गर्नुपर्छ,’ उनले भने, ‘यसले अदालतमा राजनीति हाबी हुने पो हो कि भन्ने चिन्ता भयो।’

सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जानेबारे कुनै कुरा नभएको उनले बताए।  यो विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे बुधबार पार्टीमा छलफल गरेर निर्णय गर्ने धारणा प्रधानमन्त्रीले राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार