थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण, ५ हजार ७ सय ६८ जना संक्रमण मुक्त, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाम थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार