ब्राजिलको लगातार छैटौं जित

फिफा विश्व कप छनोटमा ब्राजिलले अपराजित यात्रालाई कायम राखेको छ ।दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे ।खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २(० को जित दिलाए ।

छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो ।ब्राजिल ६ खेलमा १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार