थप ५१५३ जनामा संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त १०८ जनाको मृत्यु

नेपालमा कोरोना जित्नेको संख्या ५ लाख नाघेको छ। आज ६ हजार ५७० जनाले कोरोना जितेका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०८ जना संक्रमितको मृत्यु भएको छ।

अहिले ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ। अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार