पूर्वराजा शाहको भिडियो सन्देशः महामारीको समयमा सुरक्षित र सावधान रहनुहोस

पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गर्दै महामारीको समयमा सुरक्षित र सावधान रहन आग्रह गरेका छन् ।

कोरोना मुक्त भएपछि स्वास्थ्यलाभ गरिरहेका शाहले आफू र पूर्वरानी कोमल शाहको स्वास्थ्यबारे चासो चिन्ताका साथ शुभकामना दिने सबैप्रति आभारी व्यक्त गरेका छन्।

पूर्वराजा शाहले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्तित रहेको बताएका छन्। उनले भिडियो सन्देशमा भनेका छन्, ‘महामारीलाई नियन्त्रणका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्छ। पर्याप्त अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार