चौतर्फी विरोधपछि अर्थको स्पष्टीकरण : चुरे दोहन नगरी ढुंगा, गिट्टी, बालुवा निकासी गर्छौं

सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८र७९ को बजेटमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने घोषणाको चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । अर्थले चुरे संरक्षण सरकारको मुल मर्म भएको बताउँदै वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै खानीजन्य वस्तुको उत्खनन् गर्ने बताएको छ ।

जेठ १५ मा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए, ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु ।,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार