भारतमा कोरोना संक्रमितको सख्या लगातार घट्दै , २४ घण्टामा १ लाख ३३ हजार संक्रमित थपिए

बितेको २४ घण्टामा भारतमा १ लाख ३३ हजार ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२०४ जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार २२७ जना रहेको छ ।

समाचारअनुसार मंगलबार भारतको अरुणाचल प्रदेश, मणिपुर र मिजोरमबाहेक बाँकी सबै राज्य र केन्द्रशासित प्रदेशमा नयाँ संक्रमित भन्दा ठीक हुने संख्या बढी भए । महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९४९ संक्रमित निको भए । यस्तै तमिलनाडुमा ३१ हजार ६८३, कर्नाटकमा ३१ हजार ६८३ र केरलमा २४ हजार ११७ संक्रमित निको भए ।

भारतमा हालसम्म २ करोड ४१ लाखमा संक्रमण पुष्टि भइसकेको छ भने त्यसमध्ये २ करोड ४१ लाख निको भइसकेका छन् । यस्तै ३ लाख ३५ हजारको मृत्यु हुँदा अहिले पनि १७ लाख ८९ हजार सक्रिय संक्रमित उपचारको प्रक्रियामा रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार