रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट परीक्षा लिन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

त्रिविले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिनको लागि आवश्यक व्यवस्था मिलाउनको लागि सम्बन्धित सबै क्याम्पसहरुलाई आग्रह गरेको हो ।

त्यस्तै सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउनसमेत त्रिविले आग्रह गरेको छ ।

वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न पनि जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विज्ञप्तिमार्फत आक्रान्त परिवेश, विषम परिस्थिपति र संवेदनशील घडीमा महामारीबाट ज्यान गुमाने प्राध्यापक विद्यार्थी लगायत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवाजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार