जनता उपचार नपाएर छट्पटिदै, नेतृत्व पद र कुर्सी नपाएर छट्पटिदै

  लेखक : सुबोध डोटेल

जनता अक्सिजन, औषधि, स्वास्थ्य सामग्री र खोप नपाएर छट्पटाउदै मरिरहेका छन् । मुलुक कोरना कहरले आक्रान्त हुनै गएकोछ। यस्तो अवस्थामा अवसरवादी नेतृत्व मध्यराति डकैती शैलीमा संसद बिघटन गरि हुनै नसक्ने मध्यावधी चुनाव घोषणाको नौटंङ्की गर्ने कार्य गरिरहेको छ । संविधान र लोकतन्त्रमाथी धावा बोल्ने दलाल कठपुतली शासक केपी बिध्या डफ्फाले राष्ट्र र जनतासामु चर्को मुल्य चुकाउनै पर्छ ।

राष्ट्रिय स्वाधिनता, वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण राष्ट्रवादी, बामपन्थि,प्रगतिशिल लोकतन्त्रवादी शक्तिहरू एकजुट भएर राष्ट्रघाती, जनताघाती दलाल कठपुतलिहरूलाई पराजित गर्न एकभएर अगाडि बढौं ।

शासन र शत्तामा रहेजा ठुला भनाउदा मानिसहरु आज जनता उपचारमा छट्पटी रहेका छन । तर नेतृत्वमा रहेका नेतृत्व दावी गर्दै पद र कुर्सीका लागि छटपटी रहेका छन ।देशका जनतालाइ उपचार खर्च छैन भन्नुहुन्छ । तर निर्वाचननका लागि ८ अर्व दिन तयार हुनुहुन्छ भन्नू हुन्छ । यो कस्तो बिडम्बना सबै जनता सकिए बाको नेतृत्व सितलनिवास र बालुवाटारमा मात्रै सिमित राख्छन ?

त्यसैले यस्तो प्रतिगमनकारी बा र आमासँग नलडि उपाय छैन् । जसका लागि समयमै हामी सबै एक भएर संविधानको रक्षा गर्ने बेला आएको छ । सारा नागरिकहरू प्रतिगमनका लागि फुटेर होइन जुटेर अगाडि बढौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार