इन्टरनेट अहिलेको भन्दा सस्तो बनाउन सकिन्छ : अध्यक्ष पराजुली

अहिले कोभिड महामारीका बेला सरकारले पनि इन्टरनेटलाई अत्यावश्यक सेवाअन्तर्गत राखेको छ । हामीले अब इन्टरनेटलाई कसरी एफोर्डेबल बनाउन सकिन्छ भनेर अर्को लडाईं लड्नुपर्ने भएको छ ।

हुन त अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले २०२० नोभेम्बरमा प्रतिव्यक्ति आयको २ प्रतिशतमा झार्न सकिने प्रतिवेदन निकालिसकेको छ । नेपालमा पनि केही विषयको व्यवस्थापन गर्न सके अहिलेको भन्दा सुलभ मूल्यमा इन्टरनेट दिन सकिन्छ ।

मुख्य गरी नेपालमा अहिले डिजिटल डिभाइडलाई चिर्न आवश्यक छ । किनभने यहाँ गरिबीको रेखामुखी अझै धेरै जनता छन् । यसकारण हामीले २ प्रतिशतभन्दा पनि कममा लैजान पर्ने हुनसक्छ । यसका लागि ‘इनपुट कस्ट’ घटाउन हामी लागिरहेका छौं ।

नेपाल दूरसञ्चार प्राधिकरणसँग यहाँ अन्तर्राष्ट्रिय सीडीएन भित्र्याएर इन्टरनेको कस्ट घटाउन सकिन्छ भनेर कुरा राखेका छौं । अर्कोकुरा हाम्रो आम्दानीबाट सरकारले लिइरहेको करको दायरालाई घटाएर पनि इन्टरनेटलाई एफोर्डेबल बनाउन सकिन्छ ।

अर्कोतिर देशका कुना काप्चामा इन्टरनेट विस्तार गर्न पूर्वाधारको सहप्रयोगमा जोड दिनुपर्छ । भएका पूर्वाधारलाई कसरी सहप्रयोग गर्ने र आवश्यक नयाँ पूवाधार निर्माण गरेर इन्टरनेट कनेक्टिभीलाई अझ कसरी स्टेबल बनाउन सकिन्छ भनेर ध्यान दिन जरूरी छ ।

अहिले हरेक गतिविधिका लागि इन्टरनेटमै निर्भर रहनुपरेका कारण सबैका लागि एफोर्डेबल र सस्टेनेबल इन्टरनेट चाहिएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पराजुलीले व्यक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार