देउवालाई भेट्न बूढानीलकण्ठ पुगे दाहाल

यतिखेर राजनीतिको मियो अर्थात केन्द्र वनेको वुढानिलकण्ठ । नेकपा एमालेको दुवै पक्ष तथा माआ्वादी केन्द्रको भरोसा वनेको छ । त्यसैले पालोपालो यी नेताहरु वुढानिकण्ठ धाउन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्।

अहिले देउवा र प्रचण्डबीच भेटघाट जारी रहेको देउवा निवास स्रोतले जनाएको छ। संयुक्त सरकारको नेतृत्व लिन देउवाले सक्रियता नदेखाएपछि प्रचण्ड उनलाई भेट्न बूढानीलकण्ठ पुगेको बताइएको छ।

बिहीबार देउवालाई भेट्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेकाले त्यसभन्दा अघि नै बहुमत जुटाएर अघि बढ्ने प्रचण्ड, नेपाल र जसपा नेताहरू तयारी गरेका छन्। तर, देउवाले संयुक्त सरकारको नेतृत्व लिन आनाकानी गरिरहेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले २२ वैशाखमा एमाले नेताहरूसहित बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए। उनले देउवासँग विश्वासको मत दिन अपिल गरेका थिए। तर, देउवासहितका कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार