नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले हाम्रो चाहना : वरिष्ठ नेता नेपाल

नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फ्त बरिष्ठ नेता नेपालले नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकी यो हामीले निर्माण गरेको पार्टी हो ।’

त्यस्तै, उनले सुदृढ र एकताबद्ध एमालेका लागि आफूहरुले वार्ता र लचकता दुवै अपनाउने तर, हालसम्म कुनै पनि सहमति नभएको पनि बताएका छन् । उनले २०७७ फागुन २८ गते र त्यसपछि बसेको कथित बैठक र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने बताएका छन् ।

साथै, उनले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’

त्यस्तै, उनले यसबारे कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन आह्वान पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार