प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै प्रधानमन्त्री ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भनेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार