प्रधानमन्त्री ओली र नेता गोकर्ण विष्टबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए ।

‘उनीहरु बीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

भूसाल र भट्टराईसँग राति कुरा गरेका ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाएका हुन् । विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेका थिए ।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार