रुपन्देहीका तस्करले प्रहरीको टाउको फुटाए

रुपन्देहीको सीमावर्ति क्षेत्रमा कोरोना महामारीको बेला पनि तस्करी रोकिएको छैन । कोभिड संक्रमणको कारण प्रहरी प्रशासनले सडकमा हिंड्नेलाई एक महिना जेल हाल्ने अभियान चलाएको भएता पनि सीमावर्ति क्षेत्रमा भने तस्करी रोक्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।

जिल्लाको बुचीस्थित सशस्त्र प्रहरीका पोस्ट ईन्चार्ज राधे बम्जनमाथि तस्करहरुले दिउँसै आक्रमण गरेका हुन् । तस्करी रोक्न खोज्दा सशस्त्र निरीक्षकको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा ७ वटा टाँका लगाईएको छ ।

चोटपटकको सम्बन्धमा प्रहरी निरीक्षक बम्जनलाई बुझ्दा उनले घटना सामान्य भएको भनेर तर्किए । उनले भने, यो बिषयमा माथि बुझ्नु होला ।

स्थानीय प्रशासनले राति ८ बजेदेखि बिहान ४ बजेसम्म पसल गोदाम खोल्न अनुमति दिएको छ । रुपन्देहीको ५९ दशमलव ४ किलोमिटर क्षेत्र भारतसंग जोडिएको खुल्ला सिमाना हो ।

तस्करहरुले यतिबेला भारतबाट विभिन्न खाद्य पदार्थ,कुखुरा, ईन्भर्टर,ब्याट्री,चामल,चिनी, किराना समान,हार्डवेयरका समान,कपडाहरु अबैध रुपमा नेपाल भित्राईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार