वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार : अस्पताल

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

मंगलबार नर्भिक इन्टरनेशनल अस्पतालले विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएको हो । खनाल कोरोना संक्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । नेता खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार