जसपाले आफ्ना सांसदलाई काठमाडौँ बोलायो

जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौँ बाहिर रहेका आफ्ना सांसदलाई काठमाडौँ आउन निर्देशन दिएको छ । २७ वैशाखका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो ।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।

त्यस्तै काठमाडौँमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ । जसपामा सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गरी बोलाइएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार