सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले शंकर पोखरेलको साथ छोडे

लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२  का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी -२ का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित भएका थिए ।

शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको उनले बताए । ‘हामी सूर्य चिन्हबाट निर्वाचित भएपनि दुई बुँदे सहमति गरेका छौं । त्यस आधारमा हामी स्वतन्त्र हौं’ शाहीले भने, ‘सांसदबाट राजीनामा दिन्नँ । कारबाही प्रक्रिया अगाडि बढेमा अदालत जान्छौं ।’

हृदयेश त्रिपाठी र विजेशकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शाही र श्रीवास्तवले लुम्बिनीमा प्रदेश सांसद जितेका थिए । त्यसबेला वाम गठबन्धनसँग स्वतन्त्र राजनीतिक समूहका रुपमा सूर्य चिन्हबाट चुनाव लडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार